मधेशी आयोग र सुरक्षा निकायबीच समसामयिक विषयमा छलफल



काठमाडौं । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सुरक्षा निकायलाई संयमतापुर्वक तथा नागरिक संग मैत्रीपूर्ण व्यवहार गरेर कोरोना न्यूनीकरणमा लाग्न सुझाव दिएका छन् । आयोगको सभाकक्षमा आज बसेको बैठकमा मधेशी आयोग र सुरक्षा निकायका उच्च पदस्थअधिकारी हरु बीच समसामयिक विषयमा करिब २ घण्टा छलफल चलेको थियो ।

छलफलको क्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पाल ले तराई-मधेश मा केहि समय यता घटेको बिभिन्न घटना र त्यस माथि गरिएको आवश्यक कारवाही को सम्बन्ध बारे अध्यक्ष डा.दत्त लाई जानकारी गराएका थिए । त्यस्तै सशस्त्र प्रहरी बल का प्रहरी नायब महानिरीक्षक प्रविन कुमार श्रेष्ठ ले पनि सशस्त्र प्रहरी ले सिमा सुरक्षामा खटिएका प्रहरीहरु को अवस्था बारे जानकारी गराएका थिए ।

बैठकमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङले पनि अति न्यून जनशक्ति भएपनि संगठनले अहोरात्र खटेर कोरोना न्यूनीकरणमा सुरक्षा निकायलाई सहयोग गरिरहेको बताए ।

बैठकमा अध्यक्ष डा.दत्तले सबै सुरक्षा निकायले तराई-मधेशमा घटिरहेको घटनाहरु लाई न्यूनीकरण गर्न आवश्यक कदमहरु चाल्न सुझाव दिए तथा परेको बेला आयोगले सुरक्षानिकायहरुलाई आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गरे ।

अध्यक्ष डा.दत्त ले सुरक्षा निकाय लाई यस्तो महामारी को बेला पनि अहोरात्र खटिने हुनाले धन्यवाद ज्ञापन गरेका थिए । सो बैठकमा सिमा व्यवस्थापन, शव व्यवस्थापन, अपराध न्यूनीकरण आदि बारे छलफल भएको थियो । आयोगका सचिव भुवनहरि अर्यालले आयोगको काम कारवाही तथा भावी कदमहरु बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्