जरिवाना तिर्न नसक्दा दुबई एयरपोर्टमै अड्किए १७ नेपाली यात्रु



युएई । जरिवाना रकम तिर्न नसक्दा नेपाल फर्किन लागेका १७ नेपाली दुबई एयरपोर्टमै अडेकिएका छन् । भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा जरिवाना शुल्क तिर्न नसक्दा एयसपोर्टमै अडेकिएका हुन् ।

सोमबार नेपाल एअरलाइन्सको चार्टर्ड उडान आरए २२९२ मार्फत घर फर्कन टिकट कासटसकेका मध्ये १७ जनाले भने भिसाको अवधि सकिँदा तिर्नुपर्ने जरिवाना शुल्क तिर्न नसक्दा नेपाल फर्कन पाएनन् । नेपाल फर्कने अधिकांश नेपाली यात्रुहरुले अध्यागमनमा जरिवाना तिर्नुपर्ने भएकाले जहाज निर्धारित समयभन्दा झण्डै चार घण्टा पछि मात्र उडेको थियो । जहाज स्थानीय समय अनुसार बिहानको ८:३० बजे उडेको हो ।

आज नेपाल एअरलाइन्समार्फत स्वदेश फर्कने अधिकांश नेपाली यात्रुहरुले जरिवाना तिरेका छन् । नेपाल एअरलाइन्स युएईस्थित कन्ट्री म्यानेजर टिकाराम पंगेनीले जरिवाना बापतको रकम धेरै भएकोले १७ जनालाई भने पठाउन नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्