
अदालत र न्यायाधीशहरुको अवहेलनाको मुद्दामा भारतको सर्वोच्च अदालतले वरिष्ठ अधिवतक्त प्रशान्त भूषणलाई १ रुपैयाँको जरिवानाको सजाय सुनाएको छ । १५ सेप्टेम्बरसम्म जरिवाना नतिरे भूषणलाई ३ महिना जेल सजाय हुनेछ भने उनले ३ वर्ष मुद्दा लड्न पाउनेछैनन् ।
अदालत र प्रधानन्यायाधीशमाथि गरेको टिप्पणीको कारण अदालतले गत १४ अगस्तमा भूषणलाई अदालतको अवहेलनामा दोषी ठहर गरेको थियो । अदालतले गत हप्ता उनलाई बिना शर्त माफी माग्ने मौका दिएको थियो । तर, उनले त्यसलाई अस्वीकार गरेका थिए ।





