रुपेन्देहीमा होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु



बुटवल । रुपन्देहीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेरनमै बसेकी ती महिलाको आतबार राति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले पुष्टि गरे ।

भदौ ११ गते कोरोना पोजेटिभ रिपोर्ट आएकी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्