रौतहटमा ४० वर्षीया महिलाको हत्या



काठमाडौं । रौतहटमा ४० वर्षीया एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार र्रातहटको गढीमाई नगरपालिका ३ मुसरिया गाउँकी ४० वर्षीया मिन्त्रा देवी बैठाको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्का अनुसार आइतबार बिहान १० बजेतिर घाँस काट्न भनेर उँखबारीमा गएकी उनको साँझ शव फेला परेको थियो । हत्याको रहस्य नखुलेको उनले बताए ।

घटनाको अनुसन्धानको लागि डीएसपी भरत श्रेष्ठको कमाण्डमा टोली खटिएको खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्