घुस रकम सहित रंगेहात पक्राउ



काठमाडौं । बाँकेमा कार्यरत एक प्रमुख (सि.डि.ई.) ५ लाख ३० हजार घुस सहित पक्राउ परेका छन् । पूर्वाधार विकास कार्यालय,बाँकेमा कार्यरत कार्यलय प्रमुख समेत रहेका (सि.डि.ई )मनिष कुमार अर्याल घुस रकम सहित पक्राउ परेका हुन् । उनलाई अख्तियार टोलीले पक्राउ गरेको हो ।

विभिन्न सेवाग्राहीहरुबाट रकम लिई बुटवलतर्फ जाँदै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान नुसन्धान आयोगले जनाएको छ । उनलाई स्रोत नखुलको रकम रु. ५,३०,००० (पाँच लाख तीस हजार)  र निज सवार रहेको ३३-१-०९६१ नं. को गाडी सहित भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश नं. ५, बुटवलको कार्यालय परिसरबाट नियन्त्रमा लिएको हो । अहिले अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्