विप्लव समूहकी नेतृ उमा भुजेलसहित दुई नेता रिहा



सप्तरी । सप्तरी प्रहरीद्धारा पक्राउ गरिएका नेत्रविक्रम चन्द विप्लव नेतुत्वको नेकपाकी नेतृ उमा भुजेल र नेता सुमसिंह पौडेल अदालतको आदेशमा रिहा भएका छन् ।

पुनः पक्राउ गर्न प्रहरीहरु अदालत परिसरमा पुगे पनि उनीहरु प्रहरीको आँखा छलेर उम्किन सफल भएका छन् । सप्तरी जिल्ला अदालतले न्यायाधीश चन्द्रमणी ज्ञवाली र सप्तरी जिल्ला बार एशोसिएसनका अध्यक्ष डोमन साहको रोहबरमा आइतबार साँझ रिहा गरेको हो ।

यी दुवैको हकमा प्रतिमा भुजेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरयाको रिट दायर गरेकी थिइन् । उक्त रिटको आधारमा सर्वोच्च अदालतले सम्बन्धित जिल्लामा उपस्थित गराई जिल्ला न्यायाधीहको रोहबरमा थुनामुक्त गरी सोको जानकारी गराउन सप्तरी जिल्ला अदालतलाई आदेश दिएपछि यहाँबाट दवैलाई रिहा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्