
काठमाडौं । दुग्ध बिकास संस्थान लैनचौरले गतबर्ष कार्तिकमा प्रकाशन गरेको पदपुर्ती बिज्ञापनमा नीतिगत अनियमिता भएको छ ।
यस संस्थाको बिनियमावलि २०६३ को आठौं संसोधन २०७६ को बिनियम ३३ र ३४ अनुसार तिस दिन भित्र सम्भावय उमेदवारले मात्र आवेदन दिने व्यवस्था रहेको छ । बिनियमलाई लत्याउदै संस्थानको प्रशासनले बिनियम बिपरित योग्यता नपुगेको उमेदवारलाई समेत सामेल गराएर अपव्याख्या गरेको छ ।
संस्थानको बिनियमावलि भन्दा माथिल्लो लोक सेवा अयोगको सामान्य सिद्दान्त २०७४ को दफा १५(१) (२) र (५) को पनि बिपरित हुने गरी ब्याख्या गरेको पाईएको छ
त्यस्ता अयोग्य व्यक्तीलाई नै बढुवा गर्न उधृत भएको छ र संचालक समितीमा पनि बिबाद रहेको डिडिसि स्रोतले बताएका छन् ।
दुग्ध बिकास संस्थानका आधिकारीक यूनियनले व्यवस्थापनलाई संस्थानको बिनियमावली अनुसार चल्न एक विज्ञप्ति जारी गर्दै बिरोध जनाएका छन् ।








