कालिकोटमा पहिरोका कारण हराएका १० जना मृत भेटिए



प्रेम पाण्डेय, सुर्खेत, सुक्खा पहिरोे झर्दा कालिकोट तिलागुफा नगरपालिका १० जना व्यक्तिहरु पहिरोमा च्यापिएर मृत्यु भएका छन । अन्य कयौ घाईतेहरुको उद्धार जारी रहेको छ ।

उक्त पहिरोमा मृत्यु हुनेमा शुभकालिका गाउँपालिका वडा नं ७ निवासी ४० वर्षिय परेक शाही,७ वर्षीय हिमा शाही २ वर्षीय अकल शाही ५ वर्षीय निराजन शाही,यस्तै तिलागुफा नगरपालिका निवासी अन्दाजी वर्ष ३७ का मुनविर कटुवाल तिलागुफा नगरपालिका वडा नं १ का मनविर कटुवाल घरवेटी सोही ठाउँ निवासी टेक दमाई उनकि श्रीमती र छोरा मासु व्यापारी आइती खड्का र उनको पसलमा काम गर्ने एक जना काम दार केटा गरि जम्मा दस जनाको लास पहिरो बाट निकालिएको कुरा स्थानीय जतन अधिकारीले जानकारी दिनु भयो।

जुम्लास्थित नेपाली सेनाको नन्दबक्स गणबाट सेनानीको नेतृत्वमा गएको उद्धार टोलीले दिनभरजसो पहिरोका कारण हराएकाहरुको खोजी गरेको थियो। उद्धार कार्यमा अन्य सुरक्षाकर्मी पनि परिचालित थिए।

 

 

प्रतिक्रिया दिनुहोस्