डा. राजन भट्टराईद्दारा बिएमसिए स्कुलमा निर्माण गरिएको आइसोलेशन केन्द्रको निरीक्षण



नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नेपाल सरकारका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले बुढानिलकण्ठ २ रुद्रेश्वर स्थीत बिएमसिए स्कुलमा निर्माण गरिएको आइसोलेशन केन्द्रको निरीक्षण गरेका छन् ।

डा.राजन भट्टराई सँगै उक्त निरीक्षणमा नगरप्रमुख उद्दव प्रसाद खरेल,उपप्रमुख रमा राई ,नगर सल्लाहकार सुन्दर पुर्कुटी , नेकपा जिल्ला कमिटि सचिवालय सदस्य विदुर विक्रम खड्का ,नेकपा बुढानिलकण्ठ अध्यक्ष रविन अधिकारी तथा नगर सचिव प्रदीप डङ्गोल सहित वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो।

आइसोलेसन केन्द्रको निरिक्षण पश्चात डा. राजन भट्टाईले आइसोलेशन केन्द्र हरियालि युक्त रहेको र बस्तीबाट पनि अलिक टाढा रहेकाले निकै उपयुक्त ठाँउमा निर्माण गरिएको बताएका छन् । डा .भट्टराईले आइसोलेसन केन्द्रमा थप पूर्वाधारहरुको व्यवस्थापन र थप आइसोलेसन बेडका लागि आवस्यक पर्ने जुनसुकै सहयोग गर्न तयार रहेको बताएका थिए ।

डा.भट्टराई संगै निरीक्षणमा रहेका बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले संक्रमितहरु मध्ये १११ जना नगरपालिकाको निगरानिमा होम आइसोलेशनमा र ३५ जना अस्पतालको आइसोलेशनमा रहेको जानकारी दिएका छन।

आइसोलेशनमा रहेकाहरुलाई नगरपालिकाको स्वास्थय टिमले घरघरमा गएर सुरक्षित हुने तरिकाहरु र आवश्यक परामर्शहरु दिइरहेको बताउदै प्रमुख खरेलले पिसिआर परिक्षण र कन्ट्याक्ट ट्रेसिङको कामलाई पनि उत्तिकै प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बताएका छन।

प्रतिक्रिया दिनुहोस्