आर्मी मुख्यालय जंग्गी अड्डामा एक सिपाहीद्धारा कन्चटमा गोली हानेर आत्महत्या



काठमाडौं । नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका एक सिपाहीले गोली हानेर आत्महत्या गरेका छन् । भद्रकाली आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेका छन् ।

ड्युटीको समयमा ती सिपाहीले ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्महत्या गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले पुष्टि गरे ।

ड्युटीमा रहेको समयमा ती सिपाहीले शनिबार बिहान ३ बजे गोली हानेर आत्महत्या गरेका हुन् , प्रवक्ता पौडेलले भने, घटनाबारे थप नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्