कोरोना संक्रमणको त्रासका कारण ४९ जिल्लामा निषेधाज्ञा, पाँच जिल्लामा हटाइयो



कोरोनाको त्रास नेपालमा दिनप्रतिदिन बढ्दै गएको छ । कोरोना संक्रमितसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ ।

जनताको स्वास्थ्यको ख्याल गर्दै अहिले नेपाल सरकारले ३९ वटा जिल्लाहरुमा पूर्ण रुपमा निषेधाज्ञा गरेको छ भने १० वटा जिल्लामा आंशिक रुपमा निषेधाज्ञा गरेको छ ।

मन्त्रालयले दिएको विवरण अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरसहितका ३९ तराईका  सप्तरी, धनुषा, पर्सा, महोत्तरी, बारा, सुनसरी, सर्लाही, सिरहा, रौतहट, लगायतका जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै संखुवासभा, रुपन्देही, चितवन, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्यूठान, दैलेख, कञ्नपुर, डडेल्धुरा र तेह्रथुममा पूर्ण निषेधाज्ञा गरिएको छ ।

यसअतिरिक्त बैतडी, कपिलवस्तु, नवलपरासी पश्चिम, डोल्पा, मोरङ, डोटी र दाङ छन् ।

नुवाकोट, जुम्ला, दार्चुला, झापा, मकवानपुर धादिङ, तनहुँ, बाग्लुङ ,रुकुम पश्चिम र जाजरकोटमा भने आंशिक निषेधाज्ञा गरिएको छ ।

गुल्मी, लमजुङ, उदयपुर, कालिकोट र पाँचथरमा लगाइएको निषेधाज्ञा भने हटाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्