बिभिन्न रोटरी क्लबहरुको आयोजनामा स्वास्थ्य सामग्रीहरू सहयोग प्रदान



नारायणगढ चितवन,

बिभिन्न रोटरी क्लबहरुको आयोजनामा एक कार्यक्रम बिच कपिलवस्तुका विभिन्न स्थानहरूमा स्थापना गरिएका ९५ वटा क्वारिन्टिनहरूमा कोरोना प्रभावितहरूका लागि अत्यावश्यक सामग्रीहरू बितरण गरिएको  छ ।

नारायणगढ रोटरी क्लब, वाइन टु वाटर नेपाल, नारायणगढ रोटर्‍याक्ट क्लब र नेपाल इन्जिनियर एशोसियसन, प्रदेश नं ५ को संयुक्त आयोजनामा ९५ वटा क्वारिन्टिनहरूमा कोरोना प्रभावितहरूका लागि अत्यावश्यक सामग्रीहरू प्रदेश ५ का सभासद् माननिय श्री विष्णु पन्थिज्यूको प्रमुख आतिथ्यतामा नारायणगढ रोटरी क्लबका अध्यक्ष रोटरियन अनुकूल श्रेष्ठ ‘प्रणव’ र नेपाल इन्जिनियर एशोसियसन, प्रदेश नं ५ का अध्यक्ष कुसुमराज ज्ञवालीद्वारा संयुक्त रूपमा ९५ थान हात धुने पानी स्टेशन र ९५ थान शयर फिल्टर गरी करिब ६ लाख ,८५,हजार को सहयोग हस्तान्तरण गरिएकोे छ ।

कार्यक्रममा नारायणगढ रोटरी क्लबका सर्भिस प्रोजेक्ट चेयर इन्जिनियर रोटरियन गुणेश्वर महतो र हेल्थ चेयर रोटरियन भोलानाथ लामिछानेको उपस्थिती रहेको थियो ।

त्यसैगरी आजै अर्को एक कार्यक्रम बिच रत्ननगर रोटरी क्लब, नारायणगढ रोटरी क्लब, नारायणगढ रोटर्‍याक्ट क्लब र वाइन टु वाटर नेपालले संयुक्त रूपमा रजहर प्राकृतिक चिकित्सालय, रजहरका व्यवस्थापक हरि सापकोटा एवम् डा विनोद पौडेलज्यूलाई तथा १ थान हात धुने स्टेशन, थर्ममिटर १० थान, अक्सीमिटर ५ थान, मास्क ५०० थान, डिजिटल ब्लड प्रेसर नाप्ने यन्त्र ३ थान, सेनीटाइजर ५ लिटर, साउण्ड सिस्टम १ थान र त्यहाँ रहेको लाइब्रेरीको लागि ४० थान पुस्तकहरू हस्तान्तरण गरेको छ ।

रत्ननगर रोटरी क्लबका अध्यक्ष रोटरियन शिबराज उप्रेती, नारायणगढ रोटरी क्लबका अध्यक्ष रोटरिय अनुकूल श्रेष्ठ ‘प्रणव’ तथा नारायणगढ रोटर्‍याक्ट क्लबका अध्यक्ष सुषमा गुरुङले संयुक्त रूपमा करिब ४२,हजार रुपैयाँ बराबरको सहयोग सामग्रीहरू उपलब्ध गराएको हो ।

कार्यक्रममा रत्ननगर रोटरी क्लबका पूर्व अध्यक्ष रो। जनक पौडेल, पब्लिक इमेज चेयर रो। शिब खनाल, नारायणगढ रोटरी क्लबका सर्भिस प्रोजेन्ट चेयर इन्जिनियर रोटरियन गुणेश्वर महतो, हेल्थ चेयर रोटरियन भोलानाथ लामिछाने लगायत नारायणगढ रोटर्‍याक्ट क्लबका सदस्य रोटर्‍याक्टर पुजादेवी गुरुङको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्