कथाकार रञ्जन घिमिरेको नवीनतम् लघुकथा सङ्ग्रह सार्वजनिक



काठमाडौं । कवि तथा कथाकार रञ्जन घिमिरेको नवीनतम् लघुकथा सङ्ग्रह सार्वजनिक भएको छ । आफ्नी ममतामयी आमाको ८०औँ जन्मदिनका अवसरमा शुक्रबार स्रष्टा घिमिरेले उपहारस्वरुप आमालाई ‘सम्मोहन’ नामक लघुकथा सङ्ग्रह अर्पण गरेका हुन् ।

आफ्नो जन्मदिनमा स्रष्टा घिमिरेकी आमाले छोरो रञ्जनको कृतिका रूपमा तेस्रो र पहिलो लघुकथा सङ्ग्रह ‘सम्मोहन’ विमोचन गर्नुका साथै सिर्जनायात्रा निरन्तर अगाडि बढ्न छोरोलाई आशीर्वादसमेत दिइन् । वि।सं। २०४३ साल असोज ७ गते गोरखा जिल्लाको मकैसिङमा जन्मेका रञ्जनका यसअघि ‘मूच्र्छित स्वरहरू’ ९कवितासङ्ग्रह, २०७१०, ‘घिमिरे वंशावली’ अनुसन्धानमूलक कृति, २०७७० र ‘समाजसेवी होमनाथ घिमिरे’ २०७६ नामक संस्मरणात्मक ग्रन्थ ९सम्पादन०प्रकाशित भइसकेका छन् ।

‘सम्मोहन’भित्र समसामियक विषयवस्तुमा लेखिएका ३७ ओटा लघुकथाहरू समाविष्ट छन् । लघुकथाकृतिबारे नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती भन्छन्– “समसामयिक जीवनमा देखापरेका अनेकौं विकृति, जीवन–मूल्यको गिर्दो अवस्था, उपभोक्ता संस्कृतिले जन्माएका अमानवीय तथा सामाजिक संवेदनाहीन प्रवृत्ति र त्यस्ता प्रवृत्तिले अस्तव्यस्त पारेको वर्तमान समयका पलपलका घटनाहरूलाई मूल विषयवस्तु बनाएर लघुकथाकार रञ्जन घिमिरेले लघुकथा लेखेका छन् । विषयवस्तुको सङ्क्षिप्तता, आकारको लघुता तथा भाषिक सरलताले लघुकथालाई प्रभावकारी बनाउने कुरा कथाकार घिमिरेले राम्ररी बुझेका छन् र यसैकारण उनका यस सङ्ग्रहमा परेका लघुकथाहरू प्रभावकारी भएका छन् ।”

यसैगरी साहित्यकार गोपाल अश्क समसामयिक विषयवस्तुलाई आधार बनाएर घिमिरेले सिर्जना गरेका सबै लघकथा पठनीय, सम्प्रेषणीय र चोटिला भएको दाबी गर्छन् । समालोचक डा।हरिप्रसाद सिलवालको विचारमा कृतिकार आफ्नो कृतिमा जीवनका अमिला–तिता पक्षलाई सिन्कीझैँ खाँद्न र वर्तमान समाजलाई सही दिशानिर्देशन गर्न सफल बनेका छन् ।

कृतिकार घिमिरेले लघुकथाकृति ‘सम्मोहन’भित्र आफूले पचासको अन्त्यदेखि हालसम्म सिर्जना गरेका ३७ ओटा लघुकथाहरू सङ्ग्रहित गरेको बताए । उनले भने– “विश्वव्यापी महामारी कोरोना भाइरसले समाजलाई नै होल्ड गराइरहेका बेला स्रष्टाहरू निराशा भएर बसिरहेका छैनन् है भन्ने सन्देश दिनका लागि पनि मैले लकडाउनकै समयमा यो कृति तयार पारी सार्वजनिक गरेको हुँ ।”

प्रतिक्रिया दिनुहोस्