एसपी रानाको अर्को सफलता : नाबालकलाई अपहरण गरी १० लाख माग्नेलाई गरे पक्राउ



प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले एकपछि अर्को राम्रो काम गरिरहेका छन् । जसका कारण उनको चारैतिर प्रशंसा भैरहेको छ । ओमबहादुरले २ महिनाको समयावधिमा एकपछि अर्को रेकर्ड कायम गर्न सफल भएका छन् ।

अपराध नियन्त्रण गर्दै समाजमा शान्ति स्थापना गराउने तथा द्धन्द्ध व्यवस्थापनको सवालमा उनको भूमिका निक्कै महत्वपूर्ण रहेकै कारण उनले दुई महिनाको अवधी झण्डै १ सय १० जना बढी फरार अपराधीलाई पक्राउ गर्न सफल देखिएका छन् भने फरार अपराधी मुक्त जिल्ला बाँके उद्धघोष साथ अगाडी बाँके प्रहरी टिम अगाडी बढेको बताए ।

समाजमा भएका विभिन्न अपराधिक घटनालाई सफल अनुसन्धान गर्दै टुँगोमा पुर्याएका रानाको फेरि अर्को सफलता हात परेका छन् । एसपी रानाकै कमाण्ड नाबालकलाई अपहरण गरि १० लाख फिरौती रकम माग गर्ने ब्यक्तिलाई पक्राउ गरि कार्वाही गर्न सफल बनेका हुन् ।

नेपालगञ्ज उप महानगरपालिका नं.१६ बस्ने बर्ष २७ को कल्लु भन्ने कलिम खाँले भदौँ ९ गते बाँके खजुरा गापा वडा नं.५ रजनवा गाउँमा मोहर्रमको रमाईलो हेर्न गएका बर्ष १३ को इसहाक, जाकिर भन्ने ईन्तजार खाँलाई अपहरण गरि जयसपुर स्थित आफ्नो घर कोठामा बन्धक बनाएका थिए । बन्धक बनाएसगैँ उनले ईन्तजारको घरमा फोन सम्पर्क गरि पिडीतको घर परिवारबाट दस लाख फिरौती रकम माग गरेका थिए एसपी रानाले पत्रकार सम्मेलनमा भने, उक्त कुराको सुचना यस कार्यालयमा प्राप्त भए पश्चात यस कार्यालयबाट खटिएको प्रहरी टोलीले अपहरित बालकको खोज तलास गर्ने क्रममा भदौँ ११ गते बाँकेकै जानकी गापा वडा नं.५ स्थित पिडीतको फुपुको घरमा छोडेको अवस्थामा फेला पारी उद्दार गरिएका थियौँ, र घटनामा संलग्न निज कल्लु भन्ने कलिम खाँलाई समेत पक्राउ गरियो ।

प्रतिक्रिया दिनुहोस्