
पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४२ महिला र ६४२ पुरुष गरी जम्मा ८८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ ।





