लमजुङका ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि



लमजुङका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

लमजुङमा कार्यरत ५ पुरुष प्रहरी र एक महिला प्रहरीमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमित सातै जना कन्ट्याक्ट ट्रेसिङमा परेको निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

हाल संक्रमितलाई आइसोलेसनमा लैजाने तयार भैरहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्