भारतमा एकैदिन थपिए ७६ हजार संक्रमित, भयावह बन्दै स्थिति



छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको छ ।

आजमात्र भारतमा ७६ हजार कोरोना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना सङ्क्रमित भएको जनाएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या ३४ लाख ६३ हजार ९७३ पुगेको छ ।

कुल सङ्क्रमित मध्ये सात लाख ५२ हजार ४२४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु २६ लाख ४८ हजार ९९९ जना सङ्क्रमणमुक्त भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्