कोटेश्वरमा कार्यरत १२ जना ट्राफक प्रहरीलाई कोरोना संक्रमण



कोटेश्वरमा कार्यरत १२ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रवार साँझमात्रै १७ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । त्यसअघि दुईजनालाई संक्रमण देखिएको थियो । शुरुमा देखिएका दुईजनाको ‘क्लोज कन्ट्याक्ट’मा रहेका ३३ प्रहरीको पीसीआर जाँच गर्दा १७ जनाको कोभिड–१९ पोजेटिभ रिपोर्ट आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकृतले जानकारी दिए ।

संक्रमित प्रहरीहरुलाई यतिबेला आइशोलेसनमा राखिएको छ भने रिपोर्ट नेगेटिभ आएकाहरु निरन्तर आफ्नो ड्युटी गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्