कोरोना संक्रमणका कारण पोखरामा थप एकको मृत्यु



कोरोना भाइरसका कारण पोखरामा थप एक जनाको ज्यान गएको छ ।

मृतक पुरुष नबिल बैंकको पोखरा समागृह शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत थिए । उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ थालिएको पोखरा १४ का वडा सदस्य जितेन्द्र थापाले जानकारी दिए । पोखरा १४ का उनी उपचारको लागि अस्पताल जाने क्रममै संक्रमित भएको हुन सक्ने बताइएको छ ।

प्राप्त जानकारी अनुसार मृतकलाई पहिले पेट फुल्ने र आन्द्रामा समस्या थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई पश्चिमाञ्चल केन्द्रिय अस्पतालमा भर्ना गरिएको थियो । भदौ ७ गते उनी अस्पताल भर्ना भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्