सरकारी अधिकारीको आफ्नै सेक्रेटरीसँगको चर्तिकला सबै कर्मचारीले प्रत्यक्ष देखेपछि…



कोरोनाको प्रभाव यतिबेला विश्वभरि नै परिरहेको छ । हरेक देशमा आजभोली धेरै कामहरु अनलाईन बाट हुन थालेका छन् । तर एउटा सानो गल्तीले गर्दा फिलिपिन्समा ठूलो समस्या निम्तिएको छ ।

फिलिपिन्सका एक सरकारी अधिकारी जूम बैठकका क्रममा आफ्नै सेक्रेटरीसँग यौनमा लिप्त अवस्थामा रंगेहात समातिएका छन् । क्याभिटे प्रान्तमा फातिमा दास गाउँ काउन्सिलका सदस्यहरुको जूम बैठक चलिरहेको थियो । कामको सिलसिलामा अधिकारीहरुको यो बैठक दिनहुँ हुन्थ्यो तर २६ अगष्टमा भएको बैठकका क्रममा क्याप्टेन जीसन एस्टिल नामका अधिकारीबाट ठूलो गल्ती भयो ।

एस्टिललाई बैठक सकिसकेको फिल भएको रहेछ । उनले केहीसमय पश्चात अर्को बैठक सुरु हुने सोचेर क्यामेरा नै बन्द नगरी आफ्नी सेक्रेटरीसँग रोमान्स गर्न थाले । तर क्यामेरा अन नै भएकाले उनको चर्तिकला सबैले देखे ।

सबै कर्मचारीहरुले एस्टिलको भिडियो बनाएर सामाजिक सञ्जालमा हालिदिए । त्यसपछि एस्टिललाई गालीको बर्षा नै आयो । धेरैले त उनीविरुद्ध उजुरी नै हालिदिए । एस्टिलले आफ्नो गल्ती स्वीकारेर माफी मागिसकेका छन् । तरपनि उनलाई अब चाडै नै जागिरबाट नै निकालिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्