
उद्योगपति बिनोद चौधरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
बिनोद स्वयमले यो कुराको जानकारी दिएका छन् । उनले आफ्नो ट्वीटरमार्फत पिसिआर टेष्ट गराउँदा रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।
बिनोदले आफूलाई कोरोनाको कुनैपनि लक्षण भने नदेखिएको स्पष्ट पारेका छन् । उनले रिपोर्ट पोजेटिभ आएपछि हाल आफू आइशोलेसनमा भएको बताएका छन् ।





