रोगबाट ग्रसित भएपछि जापानका प्रधानमन्त्रीले राजिनामा दिँदै



काठमाडौं । जापानी प्रधानमन्त्री सिन्जो अबेल स्वास्थ्य समस्याक कारण पदबाट राजीनामा दिने तयारी गरेको स्थानीयले मिडियाले जनाएका छन् । उनी लामो समयदेखि अल्सरेटिभ कोलाइटिस रोगबाट पीडित रहेको र पछिल्लो समय उनको स्वास्थ्य अवस्था जटिल बनेको समाचारमा बताइएको छ ।

६५ वर्षीय अबेल सरकारका लागि समस्या खडा गर्न नचाहेको एनएचकेले बताएको छ । यो हप्ता मात्र उनी लगातार सबैभन्दा लामो समय पदमा रहने जापानी प्रधानमन्त्री बनेक थिए । उनले सन् २०१२ देखि सत्तामा रहँदै आएका छन् ।

यसअघि पहिलो कार्यकालका दौरान उनले सन् २००७ मा प्रधानमन्त्री पदबाट यही रोगका कारण राजीनमा दिएका थिए । ठुला आन्द्रामा हुने यो समस्याबाट अब युवाअवस्थाबाट नै पीडित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्