कोरोनाका कारण ६० वर्षीय पुरुषको मृत्यु



लुम्बिनी प्रदेशिक अस्पतालद्वारा सञ्चालित बुटवल कोरोना विशेष अस्पतालमा लगातर कोरोना संक्रमितहरुको मृत्यु भइरहेको छ । पछिल्ला ३ दिनदेखि सो अस्पतालमा लगातार संक्रमितहरुको मृत्यु भएको अस्पतालले जनाएको हो ।

बुधबार राती कपिलवस्तुका एक पुरुषको मृत्यु भएको अस्पतालमा हिजो बिहान १० बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकी नगरकी एक महिलाको मृत्यु भयो भने आज बिहान विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका  फोकल पर्सन डा.सुर्दशन थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्