काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगिताको तयारी पूरा



काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा हुने प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ । पुम्से विधा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का २ स्वर्ण विजेतासहित १ सय ७० खेलाडीको सहभागिता रहने बताइएको छ । १३ औं सागका स्वर्ण विजेता निता गुरुङ र सन्जिला तिम्सिनाले सहभागिता जनाउने भएका हुन् । त्यस्तै १३ औं सागका कांस्य विजेतात्रय दीपेन्द्र गुरुङ, प्रेमबहादुर आले र अस्मिन राउतले पनि प्रतियोगितामा सहभागिता जनाउदै छन् ।

ले २ सय जनाको कोरोना विमा गरिदिने भएको छ । काठमाडौं जिल्लामा रहेका विभिन्न तेक्वान्दो डोजाङका करिब २ सय जना डोजाङ प्रमुखको कोरोना विमा गरिदिने काठमाडौं जिल्लाका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
जिल्ला संघको बिहीबार बसेको अनलाइन बैठकले उक्त निर्णय गरेको अध्यक्ष खड्काले जानकारी गराए ।

प्रत्येकको ५० हजारका दरले बिमा गर्न लागिएको हो । त्यसमा ५० प्रतिशत जिल्ला संघ आफैले व्यहोर्ने छ भने बाँकी सगरमाथा तेक्वान्दो डोजाङका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गर्ने भएका छन् । जिल्ला संघले यहि अगष्ट २९ र ३० तारिखमा प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगिता (पुम्से) पनि आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्