सिरहाका एकजना कोरोना संक्रमितको मृत्यु



जनकपुरधाम । सिरहाका थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको सुखीपुर नगरपालिका ८ का ६५ वर्षीय पुरुषको बिहीबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

ज्वरो र रुघाखोकी लागेर उपचारका लागि गत भदौ ६ गते धरान पुगेका उनको सोही दिन स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट भदौ ८ गतृे पोजेटिभ आएको थियो ।

रिपोर्ट आएको तीन दिनपछि उनको बिहीबार राति ७ बजेतिर धरानमै उपचारको क्रममा मृत्वयु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । अवस्था गम्भीर भएका ती पुरुषलाइृ आईसीयूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्