मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि



काठमाडौं । धनुषामा मृत्यु भएका एक पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मुखियापट्टी मुुसहरनिया गाउँपालिका ४ का ४५ वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

रुघाखोकी, ज्वरो देखिएपछि बुधबार प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको उनको उपचार सुरु भएको २ घण्टामै मृत्यु थियो ।

उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्