
काठमाडौं । सरकारले कोभिड १९ पछि खोलएिको धेरै अस्थायी दरवन्दी नवीकरण मात्रै गरेको बताएको छ । सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् । उनले नवीकरण गरेका अस्थायी दरवन्दी मन्त्रिपरिषदले स्वीकृत गरेको भन्दै नयाँ आर्थिक भार नपरेको दावी गरे ।
केही दरवन्दीहरु परिस्थिनिजन्य रुपमा सिर्जना हुनुपर्छ । जस्तो प्राविधिक रुपका दरवन्दीहरु कार्यबोझको हुनेगरी अस्थायी दरवन्दी थपिएको छैन, मन्त्री खतिवडाको भनाई छ । पछिल्लो पटक सरकारले लोकसेवा बन्द गरेर अस्थायी दरवन्दी सिर्जना गरेको भन्दै सिर्जना गरेको भन्दै विरोध समेत हुने गरेको छ ।





