प्रशासकिय अधिकृतले ३५ प्रतिशत कमिसन नलिई काम अगाडी बढाउदैनन: पहलसिङ घर्ती



रुकुम पस्चिम/  त्रिबेणी गाउपालीका रुकुम पस्चिम को आर्थिक वर्ष २०७६र०७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रुपैयाँ लेखापाल हेमन्त केसीले सिम्रुतुस्थित लक्ष्मी बैंकमा रहेको आफूसहित पत्नी विर्मा र भतिजा सुवासको नाममा जम्मा गरेको भन्ने समाचार प्रकाशित भएपस्चात उक्त घटना काबारे गाउँपालिकाले छानबिन समिति गठन गरेको थियो । समिति गठनलगत्तै सबै रकम गाउँपालिकाकै खातामा फिर्ता भएको प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले बताए सगै त्यो पैशा खातामा जानु र फिर्ता हुनु दुबैमा आशंका स्थानियबासीहरुले गरेका थिए ।

त्रिबेणी गाउपालीकामा धेरै सेवाग्रहीहरुलाई कागजात नमिलेको भन्दै फिर्ता गरेको जनगुनासो ब्यापक आउनु र यसै बेला यस्ता घटना घटनुलाई लक्षित गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश समिति सदस्य पहलसिङ घर्तीले रुकुम पश्चिमका जिल्लाको त्रिवेणी गाउँपालिकामा कार्यरत प्रशासकीय अधिकृत दिपेन्द्र रावलले कमिसन बिना काम नगरेको भन्दै आरोप लगाएका छन् ।

संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुमका अध्यक्ष समेत रहेका घर्तीले फेसबुकमा लामो स्टाटस लेख्दै रुकुम पश्चिमकै सानीभेरि गाउँपालिकाका र हाल सोहि जिल्लाको त्रिवेणी गाउँपालिकाको प्रशासकीय अधिकृतको रुपमा रहेका दिपेन्द्र रावलले ३५ प्रतिशत कमिसन मागेको बताएका छन् । घर्तीका अनुसार दुईवर्ष अघि सानीभेरि गाउँपालिकामा अधिकृतका रुपमा रहेका रावलले ३५ प्रतिशत कमिसन नदिएपछि फाइलमा हस्ताक्षर नगरेको बताएका छन् ।

एक पर्यटन प्रबर्द्धन सम्बन्धि कार्यक्रमको कुल १२ लाखको बजेटमा ३५ प्रतिशत कमिसन मागेको र आफुहरुले उक्त कमिसन नदिएपछि बजेट कटौती गरेर कार्यक्रमलाई घाटा पुर्याएको बताएका छन् । घर्तीका अनुसार उक्त कार्य प्रति गाउँ कार्यपालिकाको बैठकमा कुरा राखेको र कार्यपालिकाले स्पष्टीकरण समेत लिएको थियो । पछि उनी त्यहाँबाट सरुवा भएर त्रिवेणी गाउँपालिका प्रशासकीय अधिकृतको रुपमा आएका थिए ।

दुई वर्षअघिको कुरा अहिले किन लेखेको रु भन्ने प्रश्नमा घर्तीले भने ” कुरा कति वर्षको भन्दा पनि सत्य कहिलै हराउदैन । सबैको सुधार र सचेतताको लागि लेखेको हुँ । गलत प्रबृत्ति बारे जहिले पनि बोल्न मिल्छ । प्रमाण छ । ”

यधपी यस बिषयमा अधिकृत रावलसंग बुझ्दा उक्त आरोप मिथ्या आरोप भएको बताए । उनले भने ” सायद म त्यहाँ निमित्त हुदाको घटना होला” । तर मबाट त्यस्तो कमिसन माग्ने कुनै कार्य नभएको जिकिर गरे ।यस बिषयमा भने गाउपालीका प्रमुख झक्कु प्रशाद घर्ती मगरले भने कुनै प्रतिक्रिया दिन चाहेनन ।

प्रतिक्रिया दिनुहोस्