सुसाइड नोटमा छोरासँग माफी माग्दै मलेसियामा एक नेपालीले शरीरमा करेन्ट लगाएर गरे आत्महत्या



केहीदिन अघिमात्र मलेसियामा एक नेपालीले आत्महत्या गरेका छन् । भोजपुर घर भएका बिनोद राईले सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन् ।

विगत १० बर्षदेखि बिनोद मलेसियामा काम गर्दै आएका थिए ।

उनले आफ्नै शरीरमा करेन्ट लगाएर आत्महत्या गरेका हुन् । उनको शव प्रहरीको रोहवरमा पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सुसाइड नोटमा उनले आफ्नो परिवारको खुसी जोगाउन नसकेको भन्दै आफ्ना छोरासँग माफी मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्