
केहीदिन अघिमात्र मलेसियामा एक नेपालीले आत्महत्या गरेका छन् । भोजपुर घर भएका बिनोद राईले सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन् ।
विगत १० बर्षदेखि बिनोद मलेसियामा काम गर्दै आएका थिए ।
उनले आफ्नै शरीरमा करेन्ट लगाएर आत्महत्या गरेका हुन् । उनको शव प्रहरीको रोहवरमा पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सुसाइड नोटमा उनले आफ्नो परिवारको खुसी जोगाउन नसकेको भन्दै आफ्ना छोरासँग माफी मागेका छन् ।





