
केहिदिन अघिमात्रै इजरायलमा निकै डरलाग्दो घटना घटेको छ ।
इजराइलको इलिट सहरमा रहेको एक होटलमा १६ बर्षकी किशोरीलाई ३० जनाले लाइन लागेर पालैपालो बलात्कार गरेका छन् ।
यो घटनालाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मानवताविरुद्धको अपराध भनेका छन् । यो घटनापछि इजरायलका लाखौँ नागरिक उक्त किशोरीको न्यायको लागि सडकमा उत्रिएका छन् ।
इलिट शहरको एक होटलमा सबै आरोपी पीडित किशोरीको कोठाबाहिर लाइनमा उत्रिएका थिए । यी सबै आरोपीले एक अर्कालाई चिन्दैनथे ।
यी सबै पीडित किशोरीलाई मेडिकल सहयोग गर्ने बहानामा उनको कोठामा पसेका थिए । यो घटनाको बारेमा पीडित किशोरीले स्वयं पुलिसलाई बताएकी हुन् ।





