‘चिनी छैन’ भनेको रिसमा रोल्पामा चिर्पटले हानेर किराना पसलेको हत्या



रोल्पामा ४४ बर्षिया रामचरण बादीले चिर्पटले हानेर ४० बर्षिया मनबहादुर बादीको हत्या गरेका छन् ।

हत्या गर्ने रामचरणलाई प्रहरीले हिरासतमा लिइसकेको छ ।

हत्या गरिएका मन बहादुर बागमारा स्थित बादीटोलका किराना पसले हुन् । गएराती २ बजे चिनि किन्न भन्दै पसलमा आएका रामचरणलाई मृतक मन बहादुरले ‘चिनी छैन’ भनेपछि उनले आक्रमण गरेका थिए ।

मध्यराती ढोका ढकढक्याएको र ढोका खोली सकेपछि चिनी सोध्ने क्रममा ‘छैन’ भन्नसाथ चिर्पटले हानेर हत्या गरेको आरोपी रामचरणले प्रहरीलाई साविती बयान दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्