रेल विभागका गुरु भट्टराई भन्छन्,‘मुकेश काफ्लेले लोडसेडिङ अन्त्य गरेका हुन्’ तपाई के भन्नुहुन्छ ?



काठमाडौं, ११ भदौ । पटक पटक बिवादमा आईरहने बिवादित ब्यक्ती प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तीगान गाएर रेल विभागको प्रबन्ध निर्देशक पड्काएका गुरु भट्टराईले नेपालमा लोडसेडिङको अन्त्य मुकेश काफ्लेले गरेको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त पदमा निरन्तरता नपाउने भएसगै टिकाटिप्पणी भएका छन् । सोही बिषय प्रति लक्षित गर्दे भट्टराई पनि टिप्पणी गरेका हुन ।

उनको पछिल्लो कार्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट भएकाले पुनः कार्यकारी निर्देशकमा नियुक्ति नपाउने भएका हुन् ।  विश्वस्त स्रोतका अनुसार घिसिङ काम भन्दा बढी हल्लामा रमाउन थालेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट भएका छन् । उनी लोकप्रीयतामा रमाउने क्रममा कामहरु राम्ररी अगाडि बढ्न नसकेको विषय बालुवाटारमा समेत उठेको छ ।

पछिल्लो समय घिसिङले सामाजिक सञ्जालमार्फत् आफ्नो पुनः नियुक्तिका लागि दबाब बढाउने गरी रणनीतिका साथ अभियान चालेको रिपोर्ट समेत बालुवाटारमा पुगेको छ । सामाजिक सञ्जालमा लोकप्रीयता देखाउने र सरकारलाई नियुक्तिका लागि वाध्य बनाउने घिसिङको रणनीतितर्फ समेत ध्यान दिई असन्तुष्टिहरु बढेको छ ।

गुरु भट्टराईले कुलमान घिसिङ प्रति लक्षित गर्दै फेसबुकमा यस्तो लेख्छन ;

प्रतिक्रिया दिनुहोस्