जबरजस्ती करणी मुद्दामा १० वर्ष सजाय तोकिएका व्यक्ति पक्राउ



४ बर्षअघि दाङमा जबरजस्ती करणी गरेर फरार भएका प्रतिवादी पक्राउ परेका छन् । देउखुरीको राप्ती गाउँपालिका–३ निवासी २६ वर्षीय सन्दीप चौधरीलाई ४ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

चौधरीलाई सर्वोच्च अदालतले २०७३ भदौ २७ गते सामूहिक जबरजस्ती करणी मुद्दामा १० वर्ष ३ महिना १९ दिन कैद सजाय तोकेको थियो । सर्वोच्चको फैसल्लापछि फरार रहेका चौधरीलाई यही भदौ ९ गते राप्ती गाउँपालिकाको मसुरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्