
काठमाडौं । निजी मेडिकल कलेजहरुले पनि पिसिआर परीक्षण गर्न प्रयोगशाला संचालन गर्न पाउने भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार निजी मेडिकल कलेजहरुलाई पनि प्रयोगशाला सञ्चालन गर्न अनुपति दिएको हो । (कोभिड-१९) का संक्रमित बिरामीलाइ उपचार गर्दै आएका थिए ।
पिसिआर परीक्षण गर्ने अनुमतिका लागि निजी मेडिकल कलेजाहरुले एक तिहाई बेड (कोभिड -१९) को बिरामीलाई छुट्याउनुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा.मुकुन्दा शर्माले बताए । पिसिआर परीक्षण गर्ने अनुमतिका लागि निजी मेडिकल कलेजले कम्तीमा बीस प्रतिशत बेड कोभिडका बिरामीलाई छुट्याउनपर्ने शर्त सरकारको छ ।
त्यसका लासग (कोभिड -१९) को पिसिआर परीक्षण निर्देशिका ०७७ अनुसार प्रयोेगशालाको मापदण्ड पुगेको हुनुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ ।





