काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय



काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडों, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । अब, काठमाडौं उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय चल्न पाउँदैनन् ।

भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ । निषेधाज्ञाको समयावधि एकसाता लम्ब्याउने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । कोरोना संक्रमितको दर दैनिक बढिरहेको भन्दै मंगलबार काठमाडौंका मेयरहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए ।

संक्रामक रोग ऐन-०२० को दफा २ र स्थानिय प्रशासन ऐन-०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा अवधिमा आइसोलेसन सेन्टर बनाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ । एक साता लामो निषेधाज्ञापछि उपत्यकामा कोरोना संक्रमणको चेन ब्रेक भएको उपत्यकाका तीन प्रजिअको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्