कुलमानको नियुक्तिबारे मन्त्रिपरिषद्मा प्रस्ताव लगिएकै छैन – ऊर्जामन्त्री पुन



काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् ।

विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको प्रष्ट पारेका छन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । देशले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेपिरहेको अवस्थामा उनी नेतृत्वमा आएसँगै देश लोडसेडिङ मुक्त बनेपछि उनलाई फेरि सोही पदमा दाहोर्याउनु पर्ने माग हुँदै आएको छ । साथै घिसिङ नेतृत्वमा आएपछि प्राधिकरण नाफामा समेत गएको छ ।

प्रतिक्रिया दिनुहोस्