कोरोना नियन्त्रणमा सरकारको काम अनुगमन गर्न सांसद माननीय जीवनराम श्रेष्ठको संयोजकत्वमा संसदीय उपसमिति गठन गरिएको छ ।
मा.सभापति जयपुरी घर्तिको स्वास्थ्य समस्याको कारणले गर्दा आज लामो समय पछि उहाँको सभापतित्वमा भिडियो कन्फरेन्स मार्फत समितिका माननीय सदस्यहरु र स्वास्थ्य मन्त्रालयको प्रतिनिधि बिचमा बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना (COVID-19) भाईरसबाट नेपालमा बढदै गई रहेको अवस्थामा सम्भावित खतरा, उपचार ,रोकथाम र नियन्त्रण गर्नको लागि छलफल गरि सरकारलाई सुझाव र निर्देशनहरु दिएको छ ।
कोभिड -१९ को उपचार, रोकथाम तथा नियन्त्रण कार्यमा संघ, प्रदेश र स्थानीयका सरकारले गरेका काम कार्यहरु के कति प्रभावकारी भयो भनी अनुगमन तथा निरीक्षण गरि सरकारलाई सहयोग गर्नको लागि मा.जीवनराम श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय उप-समितीको गठन गरिएको छ ।
जसमा-
१) मा .जीवन राम श्रेष्ठ
२) मा.हित बहादुर तामाङ
३) मा. शन्त थारु
४) मा.सरिता न्यौपाने
५) मा.नमिता चौधरी
६) मा.एकवाल मिया
७) मा.अन्जना बिशंखे