विनोद चौधरीको आम्दानी स्रोत रोकुवा, दुई अर्बभन्दा बढी डलरमा अंकुश



काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर अर्बपति, सांसद, चौधरी ग्रुपका अध्यक्ष तथा पर्दा पछाडि नबिल बैंकका प्रमुख लगानीकर्ता विनोद चौधरीको डलर आम्दानीको स्रोत नै रोक्ने भएको छ । बैंकले एनबी इन्टरनेशनल लिमिटेडको नामबाट नियमित विदेश लैजाने गरेको वार्षिक दुई अर्बभन्दा बढी रुपैयाँको गैरकानुनी डलरमा अंकुश लगाउने प्रक्रिया शुरु गरेको हो ।

आयरल्याण्डको डब्लिनस्थित उक्त कम्पनीको नामबाट चौधरीले ढाकामा खोलेको सोही नामको कम्पनी नेपालमा सन् १९९५ मा दर्ता भएको हो । त्यसपछि उक्त कम्पनीले विदेशी कम्पनीको हैसियतमा बर्सेनि दुई अर्बभन्दा बढी रूपैयाँ दशकौंदेखि नेपालबाट निर्वाध बाहिर लगिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्