अन्तराष्ट्रिय स्तरको राष्ट्रिय कन्फेरेन्स नेपालमा आयोजना हुदै



काठमाडौं । ग्लोबल पिस चेन (Global Peace Chain) नामक अन्तराष्ट्रिय नेटवर्क तथा सरसफाई, वातावरण तथा उर्जा, नेपाल को संयुक्त आयोजनामा “शान्ति, मानवअधिकार तथा संयुक्त राष्ट्रसंघ को दिगो विकास लक्ष्य माथि राष्ट्रिय कन्फेरेन्स (सम्मेलन)” नोभेम्बर २७ र २८ गते हुन् गइराखेको छ ।

अन्तराष्ट्रियस्तर तथा रुपमा आयोजना हुने यस कन्फेरेन्समा देशभर बाट १६ बर्ष माथिका ले सहभागी हुन् आवेदन दिन सक्छन,  ग्लोबल पिस चेन, नेपालका प्रमुख योजना अधिकृत दिपि कर्णका भनाइ अनुसार यस सम्मेलनको लागि १०० वटा सीट तोकिएको छ ।

२ दिवसीय सम्मेलन नेपालको राजधानी काठमाण्डौमा आयोजना हुने उनले जानकारी दिए,  कोरोना महामारीलाई मध्यनजर गर्दै यस सम्मेलनमा स्वास्थ्य मापदण्डको पालना गर्नुको साथै हरेक सहभागीलाई मास्क, सेनिटाईजर, पन्जा दिइने ग्लोबल पिस चेनका नेपालका लागि निर्देशक शिवांग दत्तले जानकारी दिए ।

यस अगाडी ग्लोबल पिस चेनले मलेसिया, कुर्दिस्तान, युक्रेन, युरोप, इजिप्ट, जोहनेसेबर्ग, पाकिस्तान लगायतका बिभिन्न मुलुकमा अन्तराष्ट्रिय शान्ति सम्मेलनहरु आयोजना गरिसकेको छ, भने २ महिना पछि टर्कीको इस्तानबुलमा ग्लोबल पिस सम्मेलन नामक अन्तराष्ट्रिय कन्फेरेन्स आयोजना गर्दै छ, यस राष्ट्रिय कन्फेरेन्समा सहभागी हुने प्रतिनिधिले बिभिन्न कुराहरु सिक्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्