तयार भए जनकपुर जयनगर चल्ने दुई रेल



काठमाडौं । जनकपुर जयनगर गुड्ने रेल तयार भएको छ । रेल विभागका अनुसार १३०० यात्रु क्षमताको इलेक्ट्रिक रेल तयार भएको हो । विभागका महानिर्देशक बलरामा मिश्रका अनुसार उक्त रेल पटनाको सोनपुर हाजिपरमा आइपुगेको छ ।

तर, कोरोना महामारीको कारण नेपालसम्म ल्याउन केही समय लाग्ने मिश्रले बताए । यो रेल बनाउन भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीलाई दिइएको थियो । यो कम्पनी रेल निर्माणका लागि भारतमा ख्यातिप्राप्त छ ।

मिश्रका अनुसार कोङकड रेल्वे कर्पोरिसनले सामग्रीहरु सप्लाई गरेको थियो । विभागले भ्याटबाहेक ८६ करोडमा दुई वटा रेल बलाउन भारतीय कम्पनीलाई जिम्मा दिएको हो । दबै रेल तयारी हवस्थामा रहेको र एउटा पटनामा आइसकेको मिश्रले बताए ।

‘एउटा रेल नेपाली बोर्डरभन्दा दुई तीन घन्टा पर पटनाको सोनपुर हाजिपुर क्षेत्रमा आइपुगेको छैन’, उनले भने ।

यो रेल डिजेलबाट स्टार्ट हुन्छ । जेनेरेटरबाट पैदा भएको बिजुलीबाट चल्छ । रेलले १२०० देखि १३०० जना यात्रु क्षमता राख्छ । रेललाई फर्काइराख्नु पदैन । दुबैतिर इन्जिन रहेकाले यो रेल चलाउन निकै सजिलो रहेको मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्