ओली-प्रचण्ड भेटवार्ता स्थगित



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का दुई अध्याक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच आज हुने भनेको भटवार्ता स्थगित भएको छ । दुई नेताबीच कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न ११ बजे समय तय भएको थियो ।

दुई अध्यक्षबीच आज हुने भनेको भेटवार्ता मंगलबारलाई अध्यक्ष ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यान्वयनबारे दुई अध्यक्षबीच छलफल हुन लागेको हो ।

नेकपाको आन्तरिक विवाद समाधान गर्न गत साउन ३०-गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते समाधानको सुत्रसहितको १७ पेज लामो प्रतिवेदन बुझाएको थियोे ।

प्रतिक्रिया दिनुहोस्