पोर्न फिल्म हेर्दा भिडियोमा आफ्नै श्रीमती देखेपछि…



छिमेकी मुलुक भारतको बैंगलोरमा एउटा अनौठो घटना भएको छ । एकजना पुरुषले इन्टरनेटमा पोर्न भिडियोहरु हेर्दै गर्दा एक्कासी एउटा भिडियोमा आफ्नै श्रीमतीलाई कुनै अपरिचित पुरुषसँग यौनक्रिडा गरिरहेको देखेपछि उनको सातोपुत्लो मात्र उडेन पारिवारिक विखण्डन नै हुनपुग्यो ।

समाचार अनुसार आफ्नै श्रीमतीको पोर्न भिडियो देख्न पुगेका ती ३३ वर्षीय पुरुष उत्तर प्रदेशका हुन् भने उनकी पत्नी कलकत्ताकी हुन् । बिहेपछि उनीहरु दुवैजना बैंगलोरमा बस्दै आएका थिए ।

बिहेबारीका लागि जोडी जुराइदिने वेबसाइटमार्फत नै चिनाजानी गरेर सन् २०१८ मा उनीहरुले बिहे गरेका थिए । आफ्नो बिहेअगाडि कुनै पुरुषसँग प्रेम सम्बन्ध रहेको र पछि ब्रेकअप भएको कुरा ती महिलाले आफ्नो लोग्नेलाई बताएकै थिइन् । लोग्नेले श्रीमतीको त्यो यथार्थलाई स्वीकार गरेरै बिहे गरेका थिए ।

बिहेपछि ती महिला पतिलाई प्रायः पोर्न फिल्म हेर्न कर गर्थिन् । पत्नीको आग्रहलाई मान्नुको विकल्प थिएन ती पुरुषसँग । त्यसै क्रममा एकदिन जब उनले इन्टरनेटमा एउटा पोर्न भिडियो हेरिरहेका थिए, त्यसमा आफ्नै श्रीमतीलाई देखे ।

भिडियोमा उनकी पत्नी आफ्नो पूर्वप्रेमीसँग यौनक्रिडा गरिरहेकी थिइन् । यसबारेमा सोधीखोजी गर्दा पत्नीले आफ्नो पूर्वप्रेमीले सोही भिडियोबाट आफूलाई ब्लाकमेल गरिरहेको बताइन् । पत्नीले आफू बिहेअघि रिलेसनसीपमा रहेको कुरा पहिले नै बताएको हुनाले लोग्नेचाहिँले सो भिडियोलाई सामान्य रुपमा लिए ।

तर अघिल्लो महिना इन्टरनेटमा पोर्न हेर्ने क्रममा उनले आफ्नी पत्नीको अर्को पोर्न भिडियो पनि देखे । त्यसमा उनी अर्कै पुरुषसँग यौनक्रिडा गरिरहेकी थिइन् ।

इन्टरनेटमा श्रीमतीको अर्को पोर्न भिडियो देखेपछि ती पुरुष छाँगाबाट खसेझैँ भए । यसबारेमा श्रीमतीसँग कडा रुपमा सोधपुछ गर्दा श्रीमतीले आफू बिहे अगाडि धेरै जना पुरुषसँग रिलेसनमा रहेको र केही जनासँग यौनसम्पर्क गरेको बताइन् ।

त्यसपछि ती पुरुषले पत्नीसँग डिभोर्स गर्ने निर्णय गरे । पत्नीले भने आफ्नो लोग्नेलाई फिर्ता पाउँ भनी पुलिससँग उजुरी गरेकी छिन् । तर धोकेबाज पत्नीसँगै रहन नसक्ने बताउँदै ती पुरुषचाहिँ एक्लै बस्न थालेका छन् ।

यो अनौठो घटनाका पात्र ती पुरुष र महिलाको नामचाहिँ गोप्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्