
आज काठमाडौँ उपत्यकामा थप १६६ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना गरी जम्मा १६६ जना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा सक्रिय कोरोना संक्रमित १३ हजार १ सय ५५ रहेका छन् ।





