
सामान्यतया महिलालाई आफ्नो श्रीमानले माया नगरेको, समय नदिएको विषयमा गुनासो रहन्छ । यस्तै कुरा बढ्दै जाँदा श्रीमान-श्रीमतीको सम्बन्ध पारपाचुकेसम्म पुग्ने गरेको धेरै घटनाहरु छन् । तर, भारतमा एउटा अनौठो घटना भएको छ ।
उत्तर प्रदेशको संभल जिल्लामा एउटा त्यस्तो घटना सार्वजनिक भएको छ, जहाँ एक महिलाको आफ्नो पतिले बढी माया गरेको तथा झगडा नगरेको भनेर डिभोर्स मागेकी छन् ।
खासमा महिलाले आफ्नो पतिले धेरै माया गरेको भन्दै अदालतमा डिभोर्स माग गरेकी छन् । तर, दुबै पक्षको कुरा सुनेर अदालतमा मुद्दा खारेज भएको छ । त्यसलगत्तै महिलाले गाउँ पञ्चायतमा सोही माग गरेकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार महिलाको आरोप थियो की उनको श्रीमानले अत्यधिक माया गरेको र आफूलाई कहिल्यै दुखी हुन नदिएको थियो । माया धेरै भएर आफूलाई तडप महसुस भएको भन्दै उनले डिभोर्स मागेको बताएकी छन् ।
महिलाका पतिले भने आफू इमान्दार र राम्रो श्रीमान् बन्ने प्रयास गरेको र आफूहरुको सम्बन्धमा इमान्दार भएको प्रतिक्रिया दिएका छन् । उनले आफ्नी श्रीमतीलाई मनग्य खुशी र माया दिन चाहेको बताएका छन् ।





