भेन्टिलेटरको खोजीमा अस्पताल डुलाउँदा डुलाउँदै वडाध्यक्षको मृत्यु



सुनसरीको कोशी गाउँपालिका–२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ ।

शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी अस्पताल बिर्तामोडसम्म पुर्‍याइएको थियो । तर समयमा भेन्टिलेटर नपाइएका कारण मृत्यु भएको जानकारी छ ।

धरानबाट एम्बुलेन्समा बिर्तामोड पुर्‍याइएका यादवको मुटुको भल्वमा ब्लक भएको देखिएपछि सुविधासम्पन्न अस्पताल लैजान भन्यो । बिर्तामोडमा उपचार नहुने भएपछि फर्काउदै गर्दा बाटोमै मृत्यु भएको हो ।

कोरोना महामारीका कारण धरान र विराटनगरका अस्पतालले भेन्टिलेटर खाली नभएको बताएपछि यादवलाई डुलाउँदा डुलाउँदै मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्