
बारा । बारा जिल्लाको पचरौता नगरपालिका ९ स्थित कालाबन्जरबाट सशस्त्र प्रहरीको टोलीले ४३ किलो ६ सय ग्राम गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस तेलकुवाबाट खटिएको टोलीले सो परिमाणमा गाँजा बरामद गरेको हो ।
गाँजा लिएर जाँदै गरेका व्यक्तिहरु सशस्त्रको टोलीलाई देख्नासाथै उक्त गाजा सोही ठाउँमा छाडेर भागेपछि बरामद गरिएको हो ।





