नेकपा कार्यदलले ओली-प्रचण्डलाई बुझायो प्रतिवेदन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित सदस्यीय कार्यदलले एक साता लगातार तयार गरेको प्रतिवेदन शनिबार अध्यक्षद्वयलाई बुझाइएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीका प्रेस संयोजक सूर्य थापाले कार्यदलले प्रतिवेदन बुझाएको बताए । शनिबार झण्डै आठ घण्टा बैठक बसेर अन्तिम रुप दिइएको प्रतिवेदन कार्यदलले शनिबारै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमला दाहाल प्रचण्डलाई बालुवाटारमा हस्तान्तरण गरेको हो ।

गत साउन ३० गते नेपालका महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेताहरु भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पम्फा भुसाल सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्