रोटरी क्लब अफ पशुपति–काठमाडौँको तिज कार्यक्रम सम्पन्न



काठमाडौं । रोटरी क्लब अफ पशुपति–काठमाडौँ तथा रोट्रयाक्ट क्लब अफ पशुपतिको तिज विशेष कार्यक्रम आफ्नो नियमित बठैक नम्बर १०९२ मा जुम मार्फत तिज सेलेब्रेसन कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा नियमित बैठक सञ्चालन गर्दै क्लबका अध्यक्ष सालिक अधिकारीले महान चाड हरितालिका तिज २०७७ को उपलक्ष्यमा सम्पूर्ण नेपाली महिला तथा रोटरियन महिलाहरु रोटरियन स्पाउज, रोट्रयाक्ट क्लब अफ पशुपति, इन्ट्रयाट क्लब पशुपतिका सम्पूर्ण रोटरियनहरुलाई शुभकामना दिएका थिए । कार्यक्रममा जम्मा २२ जनाको उपस्थिति रहेको थियो ।

उक्त जुम अनलाइन कार्यक्रमबाट सञ्चालन गरिएको थियो । क्लबका सेक्रेटरी मिलन कुमार केसीले यस तिज कार्यक्रमलाई फेलोसिपको रुपमा लिदैँ रोट्रयाट क्लब अफ पशुपतिका अध्यक्ष आभाष अधिकारीलाई रोट्रयाट बाट प्रस्तुत गर्ने कार्यक्रमको जिम्मा दिएका थिए । त्यसपछि रोट्रयाक्टरबाट विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत भएका थिए ।

उक्त कार्यक्रममा रोट्रयाक्टर रेनुका शाहले तिजको गीत तथा रोट्रयाक्टर प्रमिला कार्कीले तिज नृत्य, रोट्रयाक्टर रुबिशा उप्रेतीले रमाइलो गीत, रोट्रयाक्टर कविता जीले मिठो कविता तथा पूर्व अध्यक्ष रोट्रयाक्टर जेनिका जीले पनि कविता सुनाएर मनोरञ्जन दिएका थिए । साथै पूर्व अध्यक्ष दुर्गा सुवेदीको स्पाउजले हिन्दी गीत गाएर मनोरञ्जन गराएका थिए ।

अन्त्यमा रोटरी क्लब अफ काठमाडौँका अध्यक्षको स्पाउज सीता अधिकारीले तिजको गीत तथा कविता सुनाएर कार्यक्रमलाई अझ आकर्षित बनाएकी थिइन्, भने रोटरियन रोट्रयाक्टर र इन्ट्रयाक्टर बिच तिजको शुभकामना आदान प्रदान गर्दै क्लबका अध्यक्ष अधिकारीले सम्पूर्णलाई शुभकामना तथा धन्यवाद दिदैँ कार्यक्रम अन्त्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्